वैज्ञानिकको दाबी : मानिसको आयु १८० वर्षसम्म हुन सक्छ

उज्यालो प्रतिनिधि २८ पुष २०७८, बुधबार प्रविधि

काठमाडौँ ।   विश्वका धेरै मुलुकमा मानिसहरूको औसत आयु ६० देखि ६५ वर्ष रहेको छ । यसैबीच वैज्ञानिकहरूले मानिसको आयु बढाउन लगातार नयाँ–नयाँ प्रयोग गरिरहेका छन् । एक वैज्ञानिकले यस्तो सम्मको दाबी गरेका छन् कि चाँडै नै मानिस १८० वर्षसम्म बाच्न सक्छन् । तर यो अहिले नै होइन ।

 

अबको ८० वर्षमा मानिसको आयु १३० वर्ष सम्म हुन सक्ने ती वैज्ञानिकको दाबी छ । उनका अनुसार शताब्दीको अन्त्यसम्ममा मानिसको आयु १८० वर्षको हुन सक्नेछ यो अचम्म लाग्दो दाबी एचइसी मन्ट्रियलका प्राध्यापक लियो बेल्जिलले गरेका हुन् । सबैभन्दा बढी उमेरका व्यक्तिको जीवित रहेको रेकर्ड २१०० सम्ममा तोडिन सक्ने उनको भनाइ छ । हाल सबैभन्दा बढी उमेरसम्म जीवित रहेको रेकर्ड फ्रान्सकी जिन कालमेन्टको नाममा छ । उनको मृत्यु १२२ वर्षको उमेरमा १९९७ मा भएको थियो ।

लियो बेल्जिलका अनुसार यदि मानिस धेरै उमेरसम्म जीवित रहे भने कयौँ किसिमका समस्याहरू पनि साथमा लिएर आउन सक्छन् । जसमा शरीरका केही अङ्गले काम गर्न छाड्ने र चिकित्सा खर्च पनि बढ्ने उनको भनाइ छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार