अपाङ्ग श्रीमान र रोगी श्रीमतीको प्रेमकथा बोकेको गीत ‘ महल नहोला’

उज्यालो प्रतिनिधि २६ पुष २०७८, सोमबार संगीत

काठमाडौं । एक गरीब अपाङ्ग श्रीमानर रोगी श्रीमतीको अपुरो अमर प्रेम कथालाई समेटिएका ‘महल नहोला’ बोलको गीत यतिखेर सामाजिक संजाल टिकटकमा भाइरल भइरहेको छ ।

चर्चित गायक कविन्द्र तामाङ र सुमिना लोको स्वर रहेको उक्त गीतलाई दर्शक श्रोताहरुले अत्याधिक मन पराइरहेका छन् । शब्द/संगीत कबिन्द्र तामाङकै रहेको उक्त गीतमा अपाङ्ग श्रीमानको भूमिकामा काजी लामा र रोगी श्रीमतीको भूमिकामा सुस्मा मोक्तान रहेका छन् ।

कर्साङ तामाङले एरेन्ज तथा मिक्सिङ र काजी लामाको निर्देशनमा भनेको उक्त गीतको भिडियो निक्कै मार्मिक रुपमा प्रस्तुत भएका छन् ।

शब्द संगीत देखि भिडियोको कन्सेप्ट उत्कृष्ट भए पनि भिडियोको भ्युज किन कम गयो भन्ने प्रश्नमा गायक कबिन्द्र तामाङले ‘आफ्नै नयाँ युट्युब च्यानालबाट हालेको हुदा, उक्त च्यानालमा कम सस्क्राइभ भएको कारण कम भएको तर टिकटकमा भाइरल भइरहेकोले दर्शक श्रोताले खोजिखोजि युट्युबमा हेरिरहेको बताए ।

एकपछि अर्को सफल गीत दिदै आएका गायक तामाङ नेपाली सांगीतिक बजारमा सम्भावना बोकेको गायकको रुपमा उदाएको छ । हेर्नुस् बाँकी भिडियोबाट

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार