स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु, ६ जना पक्राउ

स्याङ्जा । स्याङ्जा आँधिखोला गाउँपालिकामा एक युवाको गोली लागेर मृत्यु भएको छ । आँधिखोला –१ कालिखर्क जङगलमा यही पौष २० गते राती कालिजको शिकार गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय मनोज बिकको मृत्यु भएको हो ।

भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङजाले जनाएको छ । कालिज मार्ने क्रममा विकलाई गोलीको छर्रा लागेर मृत्यु हुँदा सँगै रहेका फरार ६ जना युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङजाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए । डिएसपी अधिकारीकाअनुसार पक्राउ पर्नेमा आँधीखोला–०१ बस्ने बर्ष २७ को सूर्य भन्ने भीमबहादुर सुनार, सोही ठाउँकै १८ वर्षीय सुनिल विक, २४ वर्षको दिनेश भन्ने रेवत पौडेल र बर्ष ३७ को धन बहादुर विकलाई पक्राउ गरिएको छ ।

 

त्यस्तै सोही ठाउँका बर्ष २४ को गोविन्द अधिकारी र २८ वर्षीय साजन कामीलाई रूपन्देही जिल्लाको बुटवल बसपार्कबाट पक्राउ गरिएको छ । पक्राउ परेकालाई ज्यान सम्बन्धी कसुर ९कर्तव्य ज्यान० मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको डिएसपी अधिकारीले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार