वीरगञ्जमा ‘चालकसँग एक मिनेट’

वीरगञ्ज ।  प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले ट्राफिक सचेतना अभियानअन्तर्गत चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक सचेतना अभिवृद्धि गराई सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले सो कार्यक्रम गर्दै आएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक सचेतना अभियानअन्तर्गत कार्यालयसहित त्यस मातहातका कार्यालयले विभिन्न कार्य गर्दै आएको छ । प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकृत सन्तुलालप्रसाद जैसवालले चालू आर्थिक वर्ष २०७८-७९ को पुस महिना मसान्तसम्ममा यस कार्यालयबाट मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने १९३ चालकलाई कारवाही गरिएको बताए ।

यसैगरी चालू आव २०७८-७९ को साउनदेखि मङ्सिर मसान्तसम्म क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने १०९ सवारी साधनका चालकलाई कारवाही गरिएको छ । कारवाही गर्दा रु १६ लाख राजस्व सङ्कलन भएको छ । यस्तै चालू आवको मङ्सिर मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख १२ हजार ७८३ सवारी साधनका चालकलाई कारवाही गरी कूल रु कूल नौ करोड ७७ लाख राजस्व सङ्कलन गरिएको छ ।

कार्यालयका अनुसार २०७८ सालको पुस मसान्तसम्ममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १९३ चालकलाई कारवाही गरिएको छ । यस कार्यालय मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, बारा र रौतहटमा विभिन्न पदमा कार्यरत ११६ ट्राफिक प्रहरीलाई प्रशिक्षणसमेत दिइएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार