नेपाल आइडलमा जम्दै देउखुरीकी बिनिता चौधरी

उज्यालो प्रतिनिधि २४ पुष २०७८, शनिबार संगीत

शिवु खनाल/नेपालको पहिलो रियालेटी सो नेपाल आइडलको मञ्च निकै मिठो स्वरको धनी बिनिता चौधरीले यतिबेला हंगामा मच्चाएकी छिन् । दाङ देउखुरीमा जन्मिएकी बिनिता चौधरीले नेपालको पहिलो रियालेटी सो नेपाल आइडलको मञ्चनै कब्जा जमाउन सफल भएकी छिन् ।

लमही नगरपालिका वडा नम्बर ७ वनघुस्रीमा जन्मिएकी चौधरीले निकै मिठो गित गाउँछीन् । उनले सानै देखि गित गाउथीन् तर उनले अहिलेसम्म संगितको कक्षा भने लिएकी छैनन् । विद्यालयमा हुने विभिन्न संगितका कार्यक्रममा पनि सहभागि भइ गित गाउथिन् ।

त्यती मात्रै होइन, संगित सिक्ने हो भने उनले सांगितिक क्षेत्रमा केहि गर्न सक्ने कुरामा दुइमत छैन । उनले आफु पछि गायीका बन्ने सपना देखेकी छन् । स्कुलमा साथीभाई, घरमा परिवारका सदस्य र शिक्षकहरुले पनि उनको स्वर निकै मन पराउछन् । घरबाट पनि उनलाई राम्रो सहयोग छ । सांगितक क्षेत्रमा करिब दशवर्षको उमेरबाट गित गाउन सुरु गरेको उनले बताइन् ।

उनिमा गितमात्रै होइन, नाच्ने कला पनि उतिकै छ । उनले आफु संगित क्षेत्रमा प्रवेश गर्दा गर्दै आमा बुवाबाट पनि राम्रो सहयोग पाएको बताइन् । उनले भनिन्, ‘नेपाली आइडलको मञ्चमा पहिलो पटक पाइला टेकेको छु । अडिसन राउण्डसम्म मात्रै पुगिन्थ्यो भन्ने सोचेको थिए तर, अहिले टप ३० ,पियानो राउण्ड पुग्न सफल भए ।’

नेपाल आइडलको मञ्चमा बस्नु भएका तीनजना जजहरुबाट पनि उनलाई राम्रो सल्लाह सुझाव आउने गरेको बताइन् । जजहरुले तिम्रो स्वर एकदमै राम्रो छ भन्नुभएको छ । संगित क्षेत्रमा तिम्रो भविष्य छ । हामीले यो क्षेत्रमा सधै सहयोग गर्नेछौँ, जजहरुले भनेको कुरा गायिक बिनिता चौधरीले सुनाइन् ।।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार