प्रदेश १ को मोरङमा सबैभन्दा बढी सङ्क्रमित

विराटनगर ।  पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी आज २४ जनामा कोरोना सङ्क्रमण भएको छ । सोही अवधिमा सुनसरीमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

स्थानीय पालिका अनुसार मोरङको विराटनगर महानपादिकामा २०, उर्लाबारीमा दुई, रङ्गेली र धनपालथानमा एक/एक, सुनसरीको धरानमा पाँच, उदयपुरको त्रियुगामा एक र प्रदेश बाहिरका एक जना गरी कूल ४३ जनामा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित १६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै तीन महिलासहित सात कोरोना सङ्क्रमणमुक्त भएका छन् भने प्रदेशमा अझै १९२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार