लेनिनबादी संगठनत्मक सिद्धांत भनेको के हो ?

-लेनिन

सर्वहारा बर्गका महान गुरू कमरेड लेनिनको जन्म २२ अप्रेल १८७० भएको हो भने मृत्यु २१ जनवरी १९२४ मा भएको थियो।यो छोटो समयमा कैयन आरोह अवरोह पार गर्दै रसियामा सन १९१७ मा मार्क्सवादलाइ विकसित रूपमा स्थापित गर्न सफल हुनु भएको थियो। लेनिन दिवसकै अवसर पारेर नेपाल मा पनि नेकपा को स्थापना अप्रेल १९४९ तदानुसार २००६ सालमा कल्कत्ताको स्याम बजारमा भएको ऐतिहासिक दिन पनि हो।

पार्टी संगठन संचालन गर्नको लागि कमरेड लेनिनले प्रतिपादन गर्नु भएको अति महत्त्वपूर्ण नियम लाइ लेनिनवादी संगठनात्मक सिद्धांत भनिन्छ ।

लेनिनबादी संगठनत्मक सिद्धांत भनेको के हो ?

कम्युनिष्ट पार्टी संचालनको नीति तथा सिद्धान्तको महान नेता भ्लादिमिर लेनिनले प्रतिपादन गरेका थिए । आजसम्म त्यसै सिद्धान्तको आधारमा हरेक कम्युनिष्ट पार्टीहरु सञ्चालित, परिचालित हुने गरेका छन् । त्यही संगठनात्मक सिद्धान्त वा विधिलाई लेनिनवादी संगठनात्मक सिद्धान्त भनिन्छ ।

त्यतिबेला लेनिनले अगाडि सारेको संगठनात्मक सिद्धान्तको आजसम्म पनि त्यतिकै महत्व रहेको छ । यो सिद्धान्तले कम्युनिष्ट पार्टी लडाकु, रचनात्मक र क्रान्तिकारी हुनुपर्ने मान्यतामा जोड दिएको छ ।

लेनिनवादी संगठनात्मक सिद्धान्तले जनवाद र केन्द्रीयताका विषयहरुको व्याख्या सहित कडाइका साथ कार्यान्वयनमा जोड दिन्छ । यसलाई कडा अनुशासनको रुपमा समेत हेर्ने गरिएको पाइन्छ । अत लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयताका अनुसार निम्न कुराहरु रहेका छन् ।

१ व्यक्ति संगठनको अधिनस्थ हुन्छ ।

२ अल्पमत बहुमतको अधिनस्थ हुन्छ ।

३ तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ

४ पार्टीका सम्पूणृ कमिटीहरु केन्द्रीय कमिटीको अधिनस्थ हुन्छन् ।

५ केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ ।

६ महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छ ।

लेनिनले संगठनात्मक सिद्धान्तका रुपमा कम्युनिष्ट पार्टीको सदस्यताका लागि निश्चित शर्तहरु तोकेका छन् । कडा तथा फलामे अनुशासनमा रहने भएकाले लेनिनको पार्टीलाई बोल्सेभिक पार्टी भनिन्थ्यो । कम्युनिष्ट पार्टीको सदस्यका लागि न्युनतम् शर्तहरु यस्ता रहेका छन् । यि शर्तहरुको कार्यान्वयको प्रश्न अनुशासनसँग समेत जोडिन्छ ।

१ पार्टीको नीति तथा कार्यक्रम मान्ने ।

२ पार्टीको निश्चित संगठनमा बसेर काम गर्ने ।

३ पार्टीलाई नियमित लेबि तिर्ने ।

लेनिनले प्रतिपादन गरेका संगठनात्मक सिद्धान्तका तीन आधारहरु

१ जनवादी केन्द्रीयताः यो लेनिनवादी संगठनात्मक सिद्धान्तको पहिलो सर्त हो । यसमा मुख्य दुई वटा कुराहरु रहेका छन्, जनवाद र केन्द्रीयता । यस सिद्धान्तले जनवादविना केन्द्रीयता निरंकुश हुने र केन्द्रीयताबिना जनवाद अराजकतावादमा जाने विषयमा जोड दिन्छ । यसरी कम्युनिष्ट पार्टीको संगठनमा यि दुबै सिद्धान्तको समान महत्व हुन्छ भन्नेमा यस सिद्धान्तले व्याख्या गर्दछ ।

केन्द्रीयताबिना पार्टी संगठनहरु ठिक रुपमा परिचालित हुँदैनन्, किनकी केन्द्रीयता भनेको कम्युनिष्ट पार्टीको अनुशासन पनि हो । त्यसैले स्वतन्त्रताको खोजी गर्दा अनुशासनको पालना हुनुपर्छ, भने केन्द्रीयताको प्रश्नमा जनवादको प्रयोग जरुरी हुन्छ । त्यसैले कम्युनिष्ट पार्टीमा व्यक्ति सधैं संगठनको मातहतमा रहन्छ भने बहुमतको निर्णय विनाशर्त अल्पमत भएपनि लागु गरिन्छ ।

२ आत्मालोचना र आलोचनाको सिद्धान्तः कम्युनिष्ट पार्टीमा पार्टी सदस्यहरुले आफ्ना कमजोरी र समस्याहरुको आफैले समिक्षा गरेर बैठकमा बताउँने विधिलाई आत्मालोचनाको सिद्धान्त भनिन्छ । आफ्ना कमजोरीहरु बताएपछि फेरी त्यस्तो कमजोरी नदोहोर्याउने र असल कम्युनिष्ट सदस्यको रुपमा अघि बढ्ने प्रतिवद्धता गर्नु यो मान्यताले जोड दिन्छ । त्यसेगरी पार्टी संगठन र नेता, कार्यकर्ताहरुको कमजोरी आलोचनाको विधिबाट सुधार्न सकिन्छ भन्ने मान्नेतामा यसले जोड दिन्छ । आलोचना गर्दा डाहा र प्रतिशोधपूर्ण रुपमा होईन कमजोरी सुधार्नका लागि उत्प्रेरणा बढाउनमा ध्यान दिनुपर्छ ।

३ असल नेता चुन्ने विधिः हरेक कम्युनिष्ट पार्टीका सदस्यहरुले संगठनत्मक सिद्धान्तको पालना गर्नुपर्छ । त्यसमा असल नेता छान्ने विधि समेत पर्दछ । असल, मर्यादीत र सभ्य समाज निर्माण गर्नका लागि पार्टी संगठनमा असल सोच र आचरण भएका नेताहरु चयन हुनुपर्छ भन्ने यस सिद्धान्तको मूख्य जोड हो । पार्टी संगठनमा नेतृत्व चयन गर्दा निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।

१ इमान्दारीता

२ सक्रियता वा निरन्तरता

३ समर्पित भावना

४ रचनात्मक क्षमता वा कार्य दक्षता

तसर्थ लेनिनवादी संगठनात्मक सिद्धान्तमा जनवादी केन्द्रीयता, आलोचना र आत्मालोचना, नेतृत्व चयनको विधिको सन्तुलनकारी भूमिका रहन्छ भन्ने कुरा बुझ्नु पर्दछ । लेनिनवादी संगठनात्मक सिद्धान्त बिना कुनैपनि कम्युनिष्ट पार्टीलाई प्रजातान्त्रीक र अनुशासित बनाउन सक्दैन भन्नेमा यसले जोड दिन्छ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार