साउन २५, भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हिमाल जोगाउने अभियानमा नलागे मानव जीवनमा ठूलो सङ्कट आउने बताएका
छन । सूर्यविनायक नगरपालिका–२ बालकोटमा आज सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवद्र्धन अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले बताउनु भएको हो ।
सञ्चारमन्त्री बाँस्कोटाले मुस्ताङको स्याऊ फालेर काश्मिरी स्याउ खोज्ने प्रवृत्ति अब अन्त्य गर्दै फलफूलमा पनि आत्मानिर्भर हुनुपर्नेमा जोड दिनु भयो । बढ्दो शहरीकरणले प्रदुषण बढदै गएको र प्रत्यक्ष मानव जीवनलाई असर पुर्याएकोमा हामी सचेत हुनु पर्ने समेत बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य शशीजङ्ग बस्नेत, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, वडा नं– २ बालकोटका वडाध्यक्ष कमलनाथ आचार्य, अभियन्ता चन्द्रकृष्ण श्रेष्ठ, सिमा।कन समितिका संयोजक रवि राणा लगायतले हरियाली प्रवद्र्धन अभियान नमूनाको अभियान भएको बताए ।
पहिलो चरणमा बालकोट चोकसम्म र दोस्रो चरणमा सिरुटार हुँदै बिरुवासम्म पेन्सिल धूपी रोप्ने अभियान सञ्चालन हुने भएको छ ।