सुदूरपश्चिममा बढ्यो सङ्क्रमण, १५८ थपिए

बैतडी ।  सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । शुक्रबार एकैदिन यस प्रदेशमा १५८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि बिहीबार एकैदिन १२० र बुधबार ५५ मा सङ्क्रमण देखिएको थिए।

गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ३८५ को नमूना परीक्षण गर्दा १५८ जनामा सङ्क्रमण पुष्टि छ । पीसीआरमार्फत ५७ र एन्टीजेनमार्फत १०१ जनामा पुष्टि भएको हो ।पीसीआरमार्फत महाकाली अस्पतालमा ५१ र सेती प्रादेशिक अस्पतालमा छ र एन्टीजेनमार्फत कैलालीका ५८, कञ्चनपुरका ४०, बझाङ्गका दुई र डडेल्धुराका एकमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर छ जना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण कुनै मृत्यु भएको छैन । यसअघि बिहीबार यस प्रदेशमा १२० मा सङ्क्रमण पुष्टि हुँदा छ सङ्क्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को मृत्यु भइसकेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार