सिन्धुपाल्चोक।इन्द्रावती गाउँपालिका वडा नम्बर सात निवासी प्रकाश घिमिरे र सोही वडा निवासी रामसरण सापकोटा बिच सामान्य भनाभनको बिसयलाइ लिएर केही दिन अघि विभिन्न अनलाइन मिडियाले समाचार प्रकाशित गरेको थियो।
इन्द्रावती गाउँपालिका वडा नम्बर सात निवासी प्रकाश घिमिरे गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका थिए,केहि दिन अघि आफ्ना छिमेकी समेत रहेका सापकोटा सग परेको सामान्य भनाभनको विषयलाई लिएर सामाजिक संजाल ह्वात्तै तातेको थियो भने उक्त बिसयलाइ लिएर विभिन्न खालका टीका-टिप्पणी समेत भएको थियो।
उक्त घटनाको बारेमा सत्यतथ्य बुज्न उज्यालो टिमले घटनामा मुछिएका घिमिरे र सापकोटा दुबैजनालाइ फोन सम्पर्क गरेको थियो।उक्त घटनाका आरोपित घिमिरेले उज्यालोसग भने सामान्य बिसयलाइ लिएर मेरो ब्यक्तिगत बिसयमा नबुजी दुसप्रचार गरियो,सामान्य बिसयलाइ लिएर केही भनाभन भएता पनि हात हाल्ने र पिटने काम गरिएको थिएन।
सापकोटा मेरो छिमेकी मात्रै नभै मेरो नजिकैको नाता पनि हुनुहुन्छ संगै सुत्दा खुट्टा लाग्छ भने झै सामान्य तितोमिठो छिमेकीसग कहिलेकाही हुन्छ नै यद्यपि यहि बिसयलाइ लिएर केही मिडियाकर्मी र केही राजनीतिक ब्यक्तिहरुले मेरो राजनीति,सामाजिक र ब्यक्तिगत चरीत्र हत्याको प्रयास गरे।
सोही घटनाका पिडित भनिने सापकोटा सगको फोन सम्पर्कमा भने,हाम्रो सामान्य भनाभन भएको हो यद्यपि हातपातनै गरिएको भन्ने हिसाबले मिडियामा आउनु र प्रकाशित गरिनुले म पनि अत्यन्तै दुखित भएको छु।
हामी बिचमा भएको केही सामान्य असमझदारीको बिसयलाई लिएर गरिएको गलत हर्कत निन्दनीय छ,केही ब्यक्तिले आफ्नो राजनीतिक लाभका निम्ति गरिएको यो हर्कतले आगामी दिनमा आफुलाइ सचेत समेत गराएको कुरा उनले फोन सम्बादमा उल्लेख गरे।
घिमिरे सगको लामो फोन सम्बादमा उक्त बिसयलाइ लिएर दुखित हुँदै भने,हामी समाजका निम्ति बाचेका मान्छे हौ तथापि सामान्य आलोचना सहन सक्छौ तर राजनीतिक प्रतिशोध राखेर गरिएको चरित्र हत्या खेदजनक छ,नकारात्मक सोच र चिन्तनले गरिएको दुसप्रचार प्रती कोहि भ्रममा समेत नपर्न अनुरोध गर्दछु।






