रमेश खरेलको नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता

उज्यालो प्रतिनिधि २२ पुष २०७८, बिहीबार फोटो समाचार

काठमाडौं । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो । पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरू सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।

 

ुनेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। नेसुपा छिटै दल घोषणा सभामार्फत आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरू जनतामाझ राख्ने तयारीमा रहेको छु विज्ञप्तिमा भनिएको छ ।

खरेलका अनुसार निर्वाचन आयोगले नेपाल सुशासन पार्टीको ४७ सदस्यीय केन्द्रीय सदस्यले सनाखत गरेका छन् । जसमा अध्यक्षमा खरेल छन् भने उपाध्यक्षमा राजकुमार यादव, चन्द्रबीर नेम्वाङ्ग, गोविन्दप्रसाद रिजाल, शंकरलाल श्रेष्ठ र टुलराज बस्याल छन् । पार्टीको महासचिवमा गोविन्द गिरी रहेका छन् ।

त्यस्तै सचिवहरुमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट छन् । कोषाध्यक्ष भक्तबहादुर श्रेष्ठ र सहकोषाध्यक्ष मिनकुमार श्रेष्ठ रहेको पार्टीमा केन्द्रीय सदस्यहरु गणेश घिमिरे, विनादेवी, प्रदीप चौधरी, अनिल पटेल, बासुदेव तिवारीलगायत छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार