ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी

कालीकोट ।  कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।

 

गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन् । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १३२ कामदार वडा नं १ बाट छनोट भएका थिए । प्रति व्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको गोकर्णप्रसाद जैसीले जानकारी दिए ।

उनले आफुहरुलाई ५० दिनसम्म काम गर्न भनिएको र सोहीअनुसार काम गर्दा पनि ज्याला हालसम्म नपाएको बताए । उनले भने, “ज्याला नपाउञ्जेल ताला खोल्ने पक्षमा हामी छैनौं ।” ताला लगाउन वडाका ४८ महिला तथा पुरुष कामदार वडा कार्यालयमै पुगेका थिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार