कांग्रेस वागमती प्रदेश समितिलाई प्रविधिमैत्री बनाउने निर्णय

उज्यालो प्रतिनिधि २० पुष २०७८, मंगलवार बागमती

हेटौँडा ।  नेपाली कांग्रेस वाग्मती प्रदेश समितिको हेटौँडामा बसेको पहिलो बैठकले पार्टीलार्ई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सो बैठकले पार्टीलाई प्रविधिमैत्री बनाउनका लागि समितिको फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बनाउने र सोमार्फत पार्टीको स्थानीय तहदेखि केन्द्रिय समितिसम्मको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सो समितिले जनाएको छ ।

बैठकले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने र पार्टीको १४औँ महाअधिवेशनबाट निर्वाचित प्रदेश समितिका सभापति, पदाधिकारी तथा सदस्यलाई माघको पहिलो साताभित्रै प्रशिक्षण दिनेसमेत निर्णय भएको समितिका महामन्त्री राजु श्रेष्ठले जानकारी दिए ।

बैठकअघि निर्वाचन अधिकृत केशवराज काफ्लेले प्रदेश समितिका नवनिर्वाचित सभापति, पदाधिकारी र सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार