हो-हल्लाका बीच नेकपा काठमाडौंको बैठक जारी, सचिवालय र कार्यालय टिम घोषणाको तयारी

२४ श्रावण २०७६, शुक्रबार १३:०५ मा प्रकाशित
उज्यालो संवाददाता

अनिस तामाङ/
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो पूर्ण बैठक होहल्लाको बीच जारी छ । काठमाडौं जिल्ला कमिटिको बैठक अहिले होहल्लाका बीच भइरहेको छ । बैठकमा बोल्ने नेताहरुको भनाईप्रति असहमति जनाउँदै जिल्ला कमिटि सदस्यहरु होहल्लामा उत्रिएका हुन् ।

नेकपा काठमाडौं जिल्ला सह–इन्चार्ज सुरेन्द्र मानन्धरले बोल्दै गर्दा होहल्ला भएको हो । बैठकमा उपस्थित् एक सदस्यका अनुसार मानन्धरले आफू माधव कुमार नेपाल पक्षधर भएको भन्दै पार्टी अध्यक्ष ओली समुहले आफूलाई एकदमै पेल्ने गरेको दुखेसो गरेका थिए । ‘म माधव नेपाल पक्षको हुँ, हामीलाई ओली लाइनकाले पेलेका पेलेकै छन्, के गर्न खोज्यो हो’ मानन्धरले यति बोल्नेवित्तिकै ओली पक्षधरले होहल्ला मच्चाएका थिए ।

यद्यपी होहल्लाकै बीच बैठक अहिले जारी छ । सहइन्चार्ज मानन्धरले आफूहरुसँग सल्लाह नै नगरी सचिवालय र कार्यालय टिम बनाएकोमा असन्तुष्टि पोखेका थिए ।

त्यसअघि पार्टी बैठक विधि र विधानअनुसार नभएको भन्दै सांसद् रामवीर मानन्धरले विरोध जनाएका थिए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार