काठमाडौँ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोटको खेलमा नेपालले कुवेतसँग आफ्नै मैदानमा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले शुक्रबार यसअघि नेपालमा तय भएको नेपालको ‘होम गेम’ कुवेतमा हुने स्पस्ट पारेको थियो ।
नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग ‘होम गेम’ खेल्नेछ । एन्फाका अनुसार कुवेतले उसको ‘होम गेम’ नेपालमा आएर खेल्न सहमति जनाएको छ । नेपाल र कुवेतबीचको दोस्रो खेल नोभेम्बर १९ मा दशरथ रंगशालामा हुनेछ ।
एन्फाले नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको पुननिर्माण त्यस समयमा नसकिने हुँदा कुवेत फुटबल फेडेरसनसँग खेल सट्टापट्टा गरेर खेल्न आग्रह गर्दै पत्राचार गरेको थियो । एन्फाको आग्रहलाई कुवेतले सहमति दिएको हो ।
हालै फिफाले नेपालको ‘होम एन्ड अवे’ दुवै खेल कुवेतमै नगर्न र न्युट्रल भेन्यु खोज्न आग्रह गरेको थियो । अन्तमा कुवेतले सट्टापट्टा गरेर खेल्न मानेपछि समस्या सुल्झिएको हो ।
अब नेपालले खेल्ने विश्वकपका चार खेल दशरथ रंगशालामा हुनेछ ।