पनौती ७ का वडा निर्वाचित सदस्य पुरुषोत्तम कर्मचार्यद्धारा न्यानो कपडा वितरण

उज्यालो प्रतिनिधि १२ पुष २०७८, सोमबार बागमती

पनौतीपनौती नगरपालिका वडा नं ७ का वडा निर्वाचित सदस्य पुरुषोत्तम कर्मचार्यले पनौती स्थित माधव नारायण भजन कृतन समूहका बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरेका छन् ।

भजन कृतन समूहका ६० जना बृद्धबृद्धालाई न्यानो कपडा (ज्याकेट र टोपी) वितरण गरिएको थियो ।
जाडो समयमा भजन कृतन समूहका बृद्धबृद्धालाई न्यानोका लागि कपडा वितरण गरिएको वडा सदस्य कर्मचार्यले बताए । बिहान बेलुकाको समयमा अत्याधिक जाडो हुने भएकाले भजन कृतन समूहका बृद्धबृद्धाको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएको कर्मचार्यले जानकारी दिए ।
पनौती नगपालिका वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीको प्रमुख आथित्यमा बृद्ध–बृद्धालाई न्यानो कपडा वितरण गरिएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष नास्नानी, मूलजात्रा व्यवस्थापन समतिका अध्यक्ष कृष्णधन कर्मचार्य, भजन कृतन समूहका संयोजक पृथ्वी नारायण सोनाम, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तव्य राखेका थिए । न्यानो कपडा वितरण कार्यक्रममा वडा सदस्य पुरुषोत्तम कर्मचार्यकी आमा न्हुँछेँ माया कर्मचार्यको पनि सहभागीता रहेको थियो । बृद्धहरु न्यनोको लागि ज्यकेट र टोपी पाएपछी खुशी व्यक्त गरेकाछन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार