नेपालीहरुको मेहनत र इमान्दारिता प्रति युएईका मन्त्रीको प्रशँसा

उज्यालो प्रतिनिधि ७ पुष २०७८, बुधबार समाचार

यूएई ।  यूनाईटेड अरब ईमिरेट्स (यूएई) का मानब संसाधन तथा इमिरटाइजेसन मन्त्री अब्दुल रहमान अब्दुलमन्नान अल अवरले नेपालीहरुले मेहनत र इमान्दारिताका साथ काम गर्ने गरेको भन्दै , त्यसको प्रशँसा गरेका छन् ।

मंगलवार युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकाल र यूएईका मन्त्री अब्दुल रहमान बिच भएको शिस्टाचार भेटबार्तामा नेपाल र यूएई बिच गरिएको दुई पक्षीय श्रम सम्झौता अनुसार गठित संयुक्त समितिको बैठक बस्न पर्नेमा जोड दिएका थिए ।

भेटबार्ताको क्रममा दक्ष कामदारको क्षेत्रमा रोजगारीका अवसर खुल्ला गर्ने, नेपाली कामदारहरुको सुरक्षा र दक्षता बृदि गर्ने तथा दुईपक्षीय हित अभिबृदि गर्ने बारे छलफल भएको राजदूत ढकालले जानकारी दिएका छन् ।

छलफलका क्रममा राजदूत ढकालले कोभिड(-१९ को महामारीको बेलामा यूएई सरकारले नेपाली कामदारहरुको स्वास्थ्य सुरक्षा लगायत स्वास्थ्य सामाग्री सहयोग गरेकोमा यूएई सरकारलाई धन्यवाद दिएको बताएका छन् ।

भेटका क्रममा मन्त्री अब्दुल रहमानले आगामी बर्षको फेब्रुवरी महिनाबाट लागु हुने गरी यूएईले सँसोधन गरेको नयाँ श्रम कानून मजदूर मैत्री रहेको बताएका थिए।छलफलको क्रममा नेपालीहरुको सीप बिकासमा टेवा पुर्याउने र नेपालमा पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने बिषयमा समेत छलफल भएको दूतावास द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

उज्यालो नेटवर्कको अन्य समाचार पढ्न यहाँ क्लिक गर्नुहोस ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार