बरिष्ठ गायक एंव संगीतकार चन्द्र कुमार दोङ्लाई ‘सेलो किङ’ को उपाधी

उज्यालो प्रतिनिधि २ पुष २०७८, शुक्रबार कला/साहित्य

काठमाडौँ । बरिष्ठ गायक एंव संगीतकार चन्द्र कुमार दोङलाई ‘सेलो किङ’ को उपाधीबाट सम्मान गरिएको छ । ‘कला र संस्कृतिको पहिचान, कलाकर्मीको सम्मान’ भन्ने मूल नाराका साथ बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०७८ को अवार्ड वितरण समारोहमा उक्त सम्मान प्रदान गरिएको हो । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयाेजित कार्यक्रममा ४९ बिधामा अवार्ड वितरण गरिएकाे थियाे ।

सम्मान ग्रहण गर्दै बरिष्ठ गायक एंव संगीतकार चन्द्र कुमार दोङ्ले आफु अझै सिक्ने क्रममा रहेको र सांगीतिक क्षेत्रमा निरन्तर लागिरहने बताए । उनले आयोजक टिमलाई धन्यवाद ज्ञापन गरेका थिए ।

आयोजक टिमले सांगीतिक क्षेत्रमा चन्द्र कुमार दोङको योगदान महत्वपूर्ण रहेको र विगत तीन दशकदेखी निरन्तर सांगीतिक क्षेत्रलाई विकास गर्न साथै यो उचाइसम्म ल्याइ पुर्याउन विशेष योगदान पुर्याएको भन्दै ‘सेलो किङ’ को उपाधीबाट सम्मान गरिएको जनाएका छन ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङले सुदुरपश्चिम सम्मका गीत संगीतलाई अवार्डमा समेटिनु राम्रो कुरा भएको बताइन ।

यो पहिलो म्यूजिक अवार्ड कार्यक्रममा अवार्ड प्राप्त गर्नु हुने सबैलाई बधाई एवम् शुभकामना भन्दै उपसभामुख तामाङले सुदुरपश्चिम सम्मका गीत संगीतलाई अवार्डमा समेटिनुले यसको गरिमा बढाएको बताइन् ।

कार्यक्रममा दुर्गा नाथ दाहाल (समाजसेबी) लाई ‘बिरिसु बर्ष समाजसेबी सम्मान-२०७८’ बुद्धी तामाङ (कलाकार)लाई ‘बिरिसु बर्ष कलाकार सम्मान-२०७८’, नायक कुमार मोक्तानलाई तामाङ् मेगा स्टार घोषणा, नायक अमिर दोङलाई तामाङ चलचित्र जगतका महानायक घोषणा, चन्द्र कुमार दोङलाई सेलो किङ घोषणा, यमन माझीलाई माझी किङ घोषणा, सञ्चारकर्मी चन्द्रमणी गौतमलाई ‘लोक संगीत सम्मान-२०७८’सबिता पोखरेललाई ‘बिरिसु छापा मिडिया पत्रकारिता सम्मान-२०७८’, राजु बोहोरा (रेडियो कर्मी)लाई ‘बिरिसु बर्ष रेडियो पत्रकारिता सम्मान-२०७८’, तुलसी गिरि (भावुक )लाई ‘बिरिसु रंग पत्रकारिता सम्मान-२०७८’, शोभा त्रिपाठीलाई ‘बिरिसु टेलिभिजन रंग पत्रकारिता सम्मान-२०७८’ गरी ११ जनालाई सम्मान गरिएको थियो ।

बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले कोरोनाले सुस्ताएको सांगीतिक क्षेत्रलाई उठाउन म्युजिक अवार्ड आयोजना गरेको बताए । अध्य्क्ष लोप्चनले आयोजक टिमले निष्पक्ष ढंगले अवार्ड कार्यक्रम सफल भएको समेत बताए ।

कार्यक्रममा टेलिसिरियल जुठे, भद्रगोल र मेरो कथालाई पनि अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमलाई कर्म लोले सञ्चालन गरेका थिए भने उज्यालो नेटवर्क र भिजन न्युज नेपालले सपोर्ट गरेका थिए ।

कार्यक्रममा नेपाली गीतसंगीतका चर्चित एंव हस्तीहरुको उपस्थीति रहेको थियो ।

उज्यालो नेटवर्कको अन्य समाचार पढ्न यहाँ क्लिक गर्नुहोस ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार