गण्डकीमा २६ कोरोना सङ्क्रमण मुक्त

गण्डकी ।  गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिनेमा नवलपरासी बर्दाघाट सुस्ता पूर्वका सात, कास्कीका चार, तनहुँका दुई, म्याग्दी र लमजुङका एक÷एक रहेको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० जना रहेको र होम आइसोलेशनमा १८३ जना रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म कुल तीन लाख ५४ हजार २९० को कोरोना परीक्षण गरिएकोमा ८८ हजार २१५ जना सङ्क्रमित भएका थिए । जसमध्ये ८६ हजार ५९१ निको भएको र एक हजार ४२४ जनाको मृत्यु भएको जनाइएको छ ।
उज्यालो नेटवर्कको अन्य समाचार पढ्न यहाँ क्लिक गर्नुहोस ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार