माओवादी केन्द्र गण्डकीको अध्यक्षमा कुसुम

उज्यालो प्रतिनिधि २७ मंसिर २०७८, सोमबार गण्डकी प्रदेश

कास्की ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) चयन भएकी छिन् । दुईदिनदेखि पोखरामा जारी अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष बनाएको हो ।

 

गण्डकी प्रदेश कार्यालय सदस्य उनी गण्डकी प्रदेशसभा सांसद पनि हुन् । माओवादीले गण्डकीमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भएको छ । यसअघि २०१ सदस्यीय भनिएकोमा २८ सदस्य थपिएको हो ।

शनिबार आकांक्षीहरू धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित गरेर पहिलो बैठकबाट अध्यक्ष तोकिएको हो । दीपक कोइरालालगायत अध्यक्षको दाबेदार थिए । आइतबारदेखि बसेको बैठक अध्यक्ष टुंग्याउन सकस परेपछि सोमबार बिहानसम्म चलेको थियो । अब उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारी दोस्रो बैठकमा निर्वाचित गरिने माओवादीले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार