काठमाडौँ । तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरणुु भन्ने मुल नाराका साथ सन २००५ मा स्थापना गरिएको तामाङ समाज कतारको नवौँ अधिवेशन यहि आउदो २४ डिसेम्बर २०२१, शुक्रवार दोहा स्थित सलिमार इस्तामबुल रेस्टुरेन्ट नज्मामा हुने समाजको वर्तमान प्रमुख सल्लहाकार तथा निर्वाचन समिति संयोजक तिर्थ थिङ तामाङले बताएको छ। युवा पुस्ता र महिलालाई नेतृत्वको लागि प्रोत्सहान गरिएकोले नवौँ अधिवेशन केहि फरक, रोचक र विशेष रहेको पनि उनको दावि छ।
कतारमा व्यवसाय या रोजगारिको शिलशिलामा रहनु भएको तमाम तामाङ दाजुभाई तथा दिदिबहिनिहरुका लागि तामाङ समाज कतारको साधरण सदस्यता लिन तथा सदस्यीयता नविकरण गर्न खुल्ला गरिएको सुचना तामाङ समाज कतारको आधिकारिक सामजिक सञ्जाल मार्फत जारि गर्दै सम्पुर्ण कतारमा कार्यरत तामाङ दाजुभाई तथा दिदिबहिनिहरुमा हार्दिक अपिल गरिएको छ।आदिवासी जनजाति महासंघ कतारका संस्थापक सदस्य, अन्तरराष्ट्रिय तामाङ परिषदको राष्ट्र सदस्य रहेको तामाङ समाज कतारले आफ्नो सदस्यहरुलाई भईपरि आउदा सहयोग गर्नको निमित ूधेरै गरे अरुको लागि अब केहि गरौँ आफ्नो लागिू भन्ने नारा आत्म साथ गर्दै समाजले स्थापन गरेको आपतकालिन कोष बाट समाजको सदस्यहरुलाई भैपरि आउने समस्यहरुमा सहयोग गर्ने भएको छ।
समाजको साधरण सदस्य लिन तथा नविकरण गर्न सिमित समयावधि तोकिएकोले सम्बन्धित सबैलाई १० डिसेम्बर २०२१ अगावै आफ्नो सदस्यता लिन र नविकरण गरि समाजलाई सहयोग गरिदिनु हुन पनि हार्दिक अपिल गरिएको छ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।