क्यालिफोर्नियामा बैशाख १ गते ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण आयोजना गरिने

उज्यालो प्रतिनिधि १९ मंसिर २०७८, आईतवार कला/साहित्य

काठमाडौँ अमेरिकाको क्यालिफोर्नियामा २०७९ बैशाख १ गते ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण आयोजना गरिने भएको छ । हुकुम मल्टीमिडिया प्रा.लि.ले बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो ।

नेपालको आदिबासी जनजाति मातृभाषामा निमार्ण भएका चलचित्रको प्रवर्द्धन गर्ने उदेश्यका साथ हुकम मल्टिमिडिया प्रा.लि.ले बिगत केही बर्षदेखी ज्योमो गाङ फिल्म आवार्डको आयोजना गर्दै आईरहेको छ । कम्पनीले मिति २०७६ माघ ८ गतेका दिन थाइल्याण्डको पटैया स्थित पहिलो पटक ज्योमो गाङ फिल्म आवार्ड भब्यताका साथ सम्पन्न गरेको थियो । प्रत्येक बर्ष निरन्तर अवार्ड आयोजना गर्दै जाने कम्पनीको लक्ष्य रहे पनी बिश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ का कारण बिचको बर्षहरुमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

‘अब भने बिस्तारै चलचित्र निमार्ण प्रदर्शन लगाएत बिभिन्न गतिबिधिहरु चलाएमान हुदैँछन । अब सबै तिर सक्रिय गराउदैं चलचित्र क्षेत्रलाई चलायमान बनाउनु आबश्यक छ ।’ हुकुम मल्टि मिडिया प्रा.लि. का अध्यक्ष धन बहादुर बम्जन (डि बि)ले भने । अध्यक्ष बम्जनले नेपालका सम्पुर्ण आदिबासी जनजाति मातृभाषी चलचित्रकर्मीहरुलाई चलचित्र उपलब्ध गराई सहयोग गरिदिन आव्ह्वान गरेका छन ।

पत्रकार सम्म्लेनमा बोल्दै कलाकार संघका पुर्वमहासचिव एंव अभिनेत्री सरिता लामिछानेले अवार्ड निष्पक्ष हुनुपर्नेमा जोड दिइन । त्यसैगरी बरिष्ठ चलचित्र निर्देशक ॠषि लामिछानेले यस्तो खालको अवार्डले जनजातीको संस्कार जोगाउन थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले यस्ता अवार्डले मातृभाषाको रक्षाको निम्ती सहयोग पुग्ने बताए ।

त्यसैगरी चलचित्र प्राविधिक संघका अध्यक्ष पुषकर लामाले फिल्म टुरिजममा जोड दिन सरकारसँग आग्रह गरेका छन ।

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले चलचित्र हेर्न दर्शकहरु हलमा आउनु पर्ने र हलहरु सेफ जोनमा रहेको बताए ।

कार्यक्रममा चलचित्र बिकास बोर्ड, आदिबासी जनजाति चलचित्र महासंघ लगाएत बिभिन्न संघ संस्थाको सहकार्य रहनेछ । त्यसै गरि अमेरिकाको स्थानिय व्यवस्थापनमा द वल्ड नेपाल न्युज र ८८४८ पिक्चर्स डट कम लगाएत बिभिन्न संघ संस्थासँग सहकार्य रहेको छ ।

यस अवार्ड कार्यक्रममा उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, चलचित्र, निर्देशक, छायांकन,सम्पादन लगायत बिभिन्न १३ बिधामा अवार्ड बितरण गरिनेछ । आदिवासी जनजाती चलचित्र महांघको कार्यालय र हुकुम मल्टिमिडियाको कार्यलयबाट फारम वितरण शुरु गरिएको छ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार