परिवर्तनको लागि दाहालको उम्मेदवारी

उज्यालो प्रतिनिधि १७ मंसिर २०७८, शुक्रबार समाचार

काठमाडौँ । बिगत ११ बर्ष देखि बैदेशिक रोजगारिको शिलशिलामा युएइमा रहेका निश्चल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौमा भइरहेको एकता महादिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेद्बारी दिएका छन ।

१८ बर्ष देखि राजनितिमा सक्रिय रहेका दाहाल सामाजिक कार्यमा पनि अग्रसर रही एनआरएनए युएइमा एक कार्यकाल युवा संयोजक र हाल महासचिव पदमा कार्यरत छन् ।

नेपाली राजनीति प्रति युवाहरुको बढ्दो बितृष्णा देखेर “अबको आवश्यकता युवा पुस्ताको राजनितिमा सक्रियता”को नारा लिएर उनी चुनावी मैदानमा होम्मिएको बताउछन् ।

देशले अब परिवर्तन खोजेको छ, उदारवादी चरित्रका राजनितीज्ञ चाहेको छ । लोभ लालचमा नपरी समाजलाई दिने मात्र संकल्प बोकेको त्यागी युवा मागेको छ, दाहालले भने ।
युवाहरुको साथ लिएर जनताको नेता हैन, सेवक हुन म राजनितिमा होम्मिएको हो, उनले भने ।

आज आफुले राजनीतिको कखरा पनि नसिक्दै देखि नेतृत्वमा रहनु भएका नेतागणहरुले अझ नेतृत्वमा दावी गरिरहेको देख्दा अब पनि पुस्ता हस्तान्तरण नभए कहिले हुने हो ? दाहाल प्रश्न गर्छन् ।

झापा जिल्ला कचनकवल गाउँ पालिका वार्ड नं ६ मा बसोबास गर्ने दाहालले सोही निर्वाचन क्षेत्रका राप्रपाका एक मात्र सांसद राप्रपा नेपालका अध्यक्ष पदका प्रत्यासी राजेन्द्र प्रसाद लिङ्देनको प्यानलबाट आफु केन्द्रिय सदस्य पदमा दावेदारी दिएका हुन् ।

“मलाइ राजेन्द्र दाइको शालिनता, भ्रष्टाचार विरुद्धको कठोरता र परिवर्तन प्रतिको बफादारिता मन पर्छ, म राजेन्द्र दाइको साथ हिडेर मेरो आफ्नो क्षेत्रमात्र हैन, सम्पुर्ण देशको परिवर्तन गर्न अग्रसर हुन्छु। ” दाहालले भने ।

पहिचानको मुद्दा जुरमुराएको समयमा आदिम सभ्यता बोकेको हिन्दु धर्मावलम्बीहरुको पहिचान विश्व जगतमा नेपालले मात्र बोक्न सक्ने र यो नै बिश्वमा नेपालको चिनारी बन्नेमा बिस्वस्त दाहाल आफुलाई मतदान गरेर कसैले पनि पछुताउन नपर्ने बताउछन् ।

“म मेरा भोटर्सहरुको भावनासॅग खेल्दिन, त्यस्को प्रतिनिधित्व गरेर वहाँहरुको आवश्यकतालाई मेरो कर्तब्य बनाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्दछु”, दाहलले थपे।

राजेन्द्र लिङ्देनको अध्यक्षतामा बन्ने केन्द्रिय समितिमा रही राप्रपा नेपाललाइ देशको अत्यावश्यक शक्ति बनाउन सम्पुर्ण प्रतिनिधिहरुमा दाहालले आव्हान गरेका छन।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार