अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्छ : मन्त्री पौडेल

उज्यालो प्रतिनिधि १३ मंसिर २०७८, सोमबार मुख्य नेटवर्क

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताएका छन ।

विगतका केही वर्षमा पार्टी आन्तरिक समस्यामा अल्झेको भन्दै पौडेलले पार्टीभित्रका समस्याको समीक्षा गरेर सङ्गठन बिस्तारमा लागेको बताए । ‘हामीले संकल्प गरेका छौं,’ उनले भने, ‘अबको एकवर्षभित्र २०६४ सालको जस्तो माओवादी बनाउँछौं ।’ उनले माओवादी केन्द्रले ल्याएको परिवर्तन र एजेण्डामा अरु पार्टीले रजाईं गरेको आरोप लगाउँदै पौडेलले माओवादीभित्र नयाँ जागरण आएको बताए ।

समावेशी राज्य व्यवस्था पार्टीको एजेण्डा भए पनि पछिल्लो समय माओवादी सकियो भन्नेले नै त्यो एजेण्डा आफ्नो भएको सस्तो प्रचार गर्नेगरेको उनको आरोप थियो ।

माओवादी केन्द्र जैमिनी नगर कमिटीको पहिलो अधिवेशनको शनिबार कुश्मीशेरामा उद्घाटन गर्दै पौडेलले पार्टीमा नयाँ जागरण आएकोले अन्य पार्टीकालाई माओवादीमा गोलबद्ध हुन आग्रह गरे । विचार मिल्नेसँग एकताको सम्भावना कायम रहेको भन्दै पौडेलले त्यसका लागि माओवादी केन्द्रले संवाद गरिरहेकाे जानकारी दिए । देशमा आउने हरेक सङ्कटको समाधान माओवादी केन्द्रकै नेतृत्व र अध्यक्ष प्रचण्डको भूमिकाले समाधान हुने गरेका उदाहरण दिँदै पौडेलले शिक्षा क्षेत्रको विकास र परिवर्तनका लागि सधै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै उनले माओवादी पार्टीमाथि विभिन्न शक्तिले अाक्रमण गर्न थालेकाे बताउँदै कार्यकर्तालाई बैचारिक प्रतिवाद गर्न आग्रह गरे ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार