माओवादीमय बन्दै हेलम्बु,एक्कै दिन दर्जनौं नेताकार्यकर्ता विभिन्न पार्टी परित्याग गरि माओवाद केन्द्र प्रवेश

उज्यालो प्रतिनिधि १२ मंसिर २०७८, आईतवार समाचार

सिन्धुपाल्चोक।हेलम्बुमा काङ्ग्रेस एमाले परित्याग गरि तीन दर्जन बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र हेलम्बुको प्रथम सम्मेलनमा उनिहरु माओवादी प्रवेश गरेका हुन ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री युवराज दुलाल शरदले आफू प्रतिष्ठाको लागि नभई देश र जनताको सेवाको लागि राजनीतिमा आएको र माओवादी केन्द्र मात्रै बिकास निर्माणको असली पहरेदार भएकाले सबैको साथ लिएर सिन्धुपाल्चोकको बिकास निर्माणमा लाग्ने बताउनुभयो ।

सम्मेलन बाट पेमा लामा ह्योल्मोको अध्यक्षतामा उपाध्यक्ष मोदनाथ भण्डारी, लिलाबहादुर जोति र बलबहादुर खड्का चयन हुनुभयो । सचिवमा दिपक लामिछाने, सहसचिवमा चेतना तिमिल्सिना, कोषाध्यक्षमा दिपक कुमार लामिछाने सहितको ५१ सदस्यीय गाउँपालिका कमिटी चयन भएको नेता समिर जानकारी दिनुभयो । त्यस्तै अखिल (क्रान्तिकारी) हेलम्बुको दोस्रो सम्मेलनबाट सौरभ जोतिको अध्यक्षतामा ४७ सदस्यीय गाउँपालिका कमिटी पनि गठन भएको उहाँले बताउनुभयो ।

सम्मेलनमा माओवादी केन्द्र सिन्धुपाल्चोक क्षेत्र नम्बर दुइका अध्यक्ष भरत थापा, बलराम बिक लगायतले सम्बोधन गरेका थिए ।माओवादी केन्द्रको मंसिर ११ गते देशैभर एकसाथ नगर सम्मेलनको उद्घाटन भएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार