काठमाडौं । ‘माझी किङ’ उपनामले परिचित गायक यमन माझीको स्वरमा ‘माझी गोल्ड कप’को गीत बजारमा आएको छ ।
नेपाल माझी उत्थान संघ–रामेछापको आयोजनामा कुनौरीमा मंसिर १५ गतेदेखि २१ गतेसम्म माझी राष्ट्रिय दोस्रो गोल्ड कप हुन लागेको ‘माझी राष्ट्रिय दोस्रो गोल्ड कप’को गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा वीरबल माझीको लिरिक्स (शब्द) तथा गायक यमनकै संगीत रहेको छ । गीतलाई जीवन बाबुले एरेञ्ज गरेका हुन्, भने मनोज ढंगोलले रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् ।
‘यमन माझी’मार्फत् रिलिज गरिएको गोल्ड कप गीतको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् ।
हो । उक्त प्रतियोगितामा २२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।