शिवु खनाल,देउखुरी । दंगिशरण गाँपालिकाबाट सरुवा भइ राजपुर गाउँपालिका आउनु भएका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेललाई गाउँपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बिच सरुवा भइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत गरेको हो ।
बिहिवार राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, उपाध्यक्ष धनपतीदेवि यादव, लेखा अधिकृत भरत पोख्रेले लगायत शाखा प्रमुख कर्मचारीहरुले फुलमाला लगाएर स्वागत गर्नु भएको थियो । स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकराज केसीले सेवा ग्राहिहरुलाई मुस्कान सहितको सेवाप्रदान गर्न आग्रह गर्दै, गाउँपालिकालाई समृद्ध पालिका बनाउने विषयमा अधिकृतको महत्वपूर्ण जिम्मेवारी रहने बताए ।
यस्तै कार्यक्रममा उपाध्यक्ष धनपतीदेवि गादवले पालिकामा रोकिएका सम्पूर्ण कामहरुको गतिविधि अगाडि बढाउन आग्रह गर्दै, सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै सरुवा भइ आउनु भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले कार्यालयमा आउने सेवाग्राहिलाई नियमित कार्यालयमा अहोरत्र खटेर सेवाप्रदान गर्ने प्रतिवद्धता जनाए ।
उनले जनप्रतिनिधि र कार्यालयका सम्पूर्ण कर्मचारीहरुसंग नियमित सहकार्य गरेर कार्यालयका प्रत्येक गतिविधिलाई अगाडि बढान मुख्य भुमिका निर्वाह गर्ने बताए । अवको मेरो मुख्य काम भनेकै युद्ध स्तरमा कामलाई अगाडि बढाउने हो । तपाईहरुको साथ पनि मलाई त्यतीकै चाहिन्छ, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।