नेकपा एमालेको महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने

उज्यालो प्रतिनिधि ९ मंसिर २०७८, बिहीबार समाचार

काठमाडौँ । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुने जानकारी दिए । यसअघि कात्तिक २७ गते देशभरिबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए ।

यही मङ्सिर ७ गते बसेको स्थायी कमिटी बैठकले कूल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो । यसैगरी महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् । चितवनको भरतपुरमा भोलिदेखि एमालेको महाधिवेशन सुरु हुँदै छ । महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५÷१५ जना निर्वाचित गर्ने छ ।

महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि चितवन आउने क्रम जारी रहेको छ । महाधिवेशन मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार