राप्रपा महाधिवेशन : अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने

उज्यालो प्रतिनिधि ९ मंसिर २०७८, बिहीबार उज्यालो फोकस

काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन ।काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका प्रभावशाली नेता धवलशम्शेर राणासँगको सहकार्यमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का एक मात्र सांसद लिङ्देनले पार्टीलाई बचाउनका लागि उम्मेदवारी दिएको बताए । राप्रपाले उठाउँदै आएको राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका लागि पनि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको लिङ्देनले बताउनुभयो । उहाँले राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा बाध्यता भएको बताएका छन । राप्रपाको समाप्ति रोज्नु कि बाध्यात्मक रूपमा अगाडि बढ्नुपर्ने विकल्पमध्ये दोस्रो विकल्प रोज्नुपरेको लिङ्देनले बताए ।

आफूहले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुने र अध्यक्षहरु पनि समाप्त हुने बताए । लिङ्देनले आफूहरूले राप्रपामा विद्रोह पनि नगरेको र अध्यक्षत्रयविरुद्ध पनि नउभिएको बताए । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीविरुद्ध उठ्न कसैले आँट नगरिरहेको अवस्थामा आफू अगाडि बढेको लिङ्देनको भनाइ थियो । आफूहरूले अहिलेसम्म अध्यक्षत्रयको आदेश मानेको तर अब आफै अगाडि बढ्नुपर्ने अवस्था आइलागेको उनले स्पष्ट पारे । त्यस्तै पार्टीको वर्तमान नेतृत्वलाई सहज रूपमा नेतृत्व हस्तान्तरण गर्न र अभिभावकीय भूमिकामा रहन पनि लिङ्देनले आग्रह गरे । पार्टीमा सबै पक्षलाई समेटेर अगाडि बढ्ने लिङ्देनको भनाइ छ ।

त्यस्तै सोही कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशम्शेर राणाले राप्रपाको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन । उनले पार्टीमा आफू भन्दा सक्षम लिङ्देन रहेकाले आफू एक कदम पछि हटेर लिङ्देनलाई अध्यक्षमा समर्थन गरेको जानकारी दिए ।

हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा‍. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष हुनुहुन्छ । कमल थापाले अध्यक्षमा उम्मेदवारी दिने निश्चित भइसकेको छ भने अन्य दुई अध्यक्ष मौन बसेका छन् । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार