विहीबार जन्मने व्यक्तिको स्वभाव, भाग्य र वैवाहिक जीवन कस्तो हुन्छ ?

उज्यालो प्रतिनिधि ९ मंसिर २०७८, बिहीबार शिक्षा

काठमाडौँ । ज्योतिष शास्त्रमा जन्मबार अनुसार पनि मानिसको भाग्यमा असर गर्ने बताइन्छ । जन्म समय अनुसार नै मानिसको भूत, वर्तमान र भविष्यका बारेमा फलादेश गरिन्छ । आज  ज्योतिष शास्त्र अनुसार विहीबार  जन्मेका मान्छेको भाग्य कस्तो हुन्छ ? भन्ने विषयमा यहाँ चर्चा गरिएको छ-

विहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र समझदार हुने गर्दछन् । तपाई विहीबार जन्मिनुभएको हाे भने मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण तपाई आदर्श पनि हुनुहुन्छ । सफा र स्वच्छ विचारधाराको मालिक पनि हुनुहुन्छ ।

तपाईभित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । स्वतन्त्रता तपाईलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्नुपर्छ ।

तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । बिहीबार जन्मेका मानिसहरुको प्रेम विवाह हुने सम्भावना अधिक रहन्छ । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ । स्वास्थ्यको दृष्टिकोणले विहीबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाईको समस्या देखिन सक्छ ।

#विहीबारजन्मनेव्यक्ति

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार