काबुल नजिकै दुई व्यक्तिको गोली हानी हत्या

उज्यालो प्रतिनिधि ८ मंसिर २०७८, बुधबार विश्व

काबुल । सशस्त्र मानिसहरूको एक समूहले बुधबार बिहान अफगानिस्तानको राजधानी काबुल नजिकै चार धार्मिक व्यक्तिलाई लक्षित गरी गोली चलाउँदा बुधबार दुई जनाको मृत्यु भएको छ ।

दुई जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य दुई जना सख्त घाइते भएका स्थानीय सञ्चार माध्यमहरूले अफगानी अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

रूसी समाचार एजेन्सी स्पुत्निकका अनुसार यी चार जनालाई कोपिसा प्रान्तको मुख्य शहर महमूद राकको इस्लामी एक विद्यालयबाट घर फर्किने क्रममा आक्रमण गरिएको थियो ।

आक्रमणकारीहरूले गोली हानी घटनास्थलबाट भागेको भन्दै तत्काल आक्रमणकारीको परिचय नखुलेको प्रहरीले बताएको छ । घटनाको बुधबार समाचार तयार पार्दासम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार