एमालेले अव कुनै पार्टीसंग एकता गर्दैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले अव कुनै पार्टीसंग एकता नगर्ने स्पष्ट पारेका छन । बुधबार काठमाडौंमा युवा संघ अन्तर्गतको साइबर सर्कल घोषणा कार्यक्रममा ओलीले एमालेले एकता गर्नुपर्ने कुनै पार्टी नरहेको भन्दै अरु पार्टीमा रहेकाहरु एमालेमा भने आउन सक्ने बताएका हुन ।

उनले माधव नेपालमा गएका नेताहरुलाई एमालेमा नै फर्कन पनि आग्रह गरे । अध्यक्ष ओलीले कांग्रेसको पुच्छर समातेर धेरै फुर्ति नलगाउन माधव नेपाललाई चूनौति दिए । उनले एमाले विगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै सजक रहन कांग्रेसलाई सुझाव दिए ।

अदालतको फैसलाबाट जनमतलाई पराजित गरेको भ्रम केहिले पालेको भन्दै उनले जनताले जित्नेकी जनविरोधीहरुले जित्ने निर्णय हुन बाँकी रहेको तर्क गरे । उनले एमाले भनेको पार्टीको नाममात्र नभएर नेपाली जनताको प्रतिनिधि शक्ति भएको दावी गरे । अध्यक्ष ओलीले पाँच दल कै कारण अदालतमा समस्या देखिएको बताए । सर्वोच्च अदालतको विवादलाई क्यान्सरको संज्ञा दिदै ओलीले उक्त विवाद सामान्य रुपमा साम्य नहुने बताए । त्यस्तै ओलीले माओवादी नेताले जनताका छोराछोरीलाई युद्धमा होमेर आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै प्रचण्डप्रति कटाक्ष गरे ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले सञ्चार क्षेत्रमा बैदेशिक लगानीलाई सरकारले नै प्रोत्साहन गर्नु दुर्भाग्य भएको टिप्पणी गरे । युवा संघको यसअघिको ‘साइबर सेना’ को नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइएको हो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार