बैंकिङ कसुरका फरार पक्राउ

काठमाडौँ । बैकिङ कसुरमा दोषी ठहर भई फरार काठमाडौँ महानगरपालिका–१० घर भई ललितपुरको सानागाउँ दुर्गा शाही सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको विसं २०७७ मङ्सिर १६ को आदेशले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र रु १३ लाख ६५ हजार जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि फरार सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासमा परिचालित टोलीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । सापकोटाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी बैंकको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार