चुनावपछि नेकपा एमालेको हाल बेहाल हुन्छ : अध्य्क्ष नेपाल

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेको हाल बेहाल हुने दावी गरेका छन । बुधबार जनकपुरधाममा पार्टी प्रवेश तथा प्रदेश कार्यालयको उद्घाटन कार्यक्रमअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले जनताले एमालेलाई विश्वास नगर्ने भन्दै अवको चूनावपछि एमालेको अवस्थामा बेहाल हुने दावी गरेका हुन ।

उनले अहिले केपी ओलीले सूर्यको धाक देखाएर केही गर्न नसक्ने बताए । उनले नेपालमा रहेका सवै समूदायलाई समान अधिकार दिन प्रतिवद्ध रहेको जिकिर गरे ।

त्यस्तै पार्टी प्रवेश कार्यक्रममा नेपालले, नागरिकता विधेयकमा देखिएको समस्या जति सक्दो समाधान हुने र सम्पूर्ण नेपालीले नागरिकताको हक पाउने बताउनुभयो । त्यस्तै, उनले जनकपुर जयनगर रेल सुचारु गर्न सक्दो पहल भईरहेको उल्लेख गरे ।

अध्यक्ष नेपालले प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउनु नै न्यायोचित हुने भन्दै सहमतिमा प्रदेशको नाम टुङ्गो लगाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई एकीकृत समाजवादी प्रवेश गराइएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार