हेलम्बुमा आगलागीबाट ज्यान गुमाएका परिवारलाई पूर्व मन्त्री दुलालद्धारा राहत वितरण

उज्यालो प्रतिनिधि ७ मंसिर २०७८, मंगलवार समाचार

सिन्धुपाल्चोक।हेलम्बु गाउँपालिका-७ सुर्सिङमा भएको आगलागि पिडितको लागि राहत बोकेर नेकपा (माओवादी केन्द्र)को टोलि सुर्सिङ पुगेको छ ।

पुर्व मन्त्री,बगमती प्रदेश सभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माननीय युवराज दुलाल “शरद”, वाइसियल जिल्ला इन्चार्ज शुरेस राना”योगदान” ,नेकपा (माओवादी केन्द्र)सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर दुईका अध्यक्ष भरत थापा हेलम्बु पार्टी अध्यक्ष पेमा ह्योल्मो जिल्ला कमिटी सदस्य सिपि दुलाल, हेलम्बु ५ का अध्यक्ष मिङमार तामाङ लगायतको टोलि आज बिहानै राहत सामग्रि सहित घटनास्थल पुगेको थियो ।

उक्त आगलागीमा परि सञ्च र सृजना तामाङको छोरा बर्ष ६ को मनोज, सुकमान र मञ्जु तामाङको छोरा बर्ष ६ को मनिष,साइला र मोती तामाङका ५ बर्षका छोरा वीर बहादुरले ज्यान गुमाएका छन्।उक्त आगोलागी घरसँगै टाँसिएको गोठमा राखिएको ढोड र खोस्टामा आगो सल्कियो संगै बालकहरू बाहिर गए अरुले देख्ने डरले गोठ भित्र पसेर थुपारिएको ढोडको थुप्रोमा लुकेर बस्दा आगो दन्कदै गएपछि गोठभित्र अक्सिजन कमीले ज्यान गएको जानकारहरुले उज्यालो नेटवर्कलाई जानकारी दिए।

राहत सामाग्री सहित उक्त दुर्घटना स्थल पुगेको माओवादी केन्द्रको टोलिले राहतमा प्रती परिवार रु १७ हजार नगद त्यस्तै जस्ता ३ बण्डल , खाध्यान्न , भाडाकुडा लत्ताकपडा लगायतको सामग्रि वितरण गरिएको छ।उक्त राहत सामग्रि वितरण गर्दै पुर्वमन्त्री दुलालले आगामि दिनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ दुलालको सहयोग पछि पिडित परीवारले आभार प्रकट समेत गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार