फैलियो सीमावर्ती भौवानाका गाउँमा इन्टरनेट सेवा

उज्यालो प्रतिनिधि ७ मंसिर २०७८, मंगलवार प्रविधि

शिवु खनाल,भौवानाका । भारतसंग जोडिएको दाङको भौवानाकामा पहिलो पटक इन्टरनेट सेवा विस्तार भएपछि इन्टरनेट सेवा के हो, कस्तो हुन्छ भन्ने लागेका स्थानीय नाकाबासीलाई सहजै इन्टरनेटबाट खबर बुझ्न र केही महत्वपूर्ण जानकारीका लागि सजिलो माध्यम बनेको छ । सञ्चार क्षेत्र पुग्न नसकेको नेपाली भुमिमा पहिलो पटक इन्टरनेटको सेवा पुगेपछि भारतसंग जोडिएको सीमावर्ती क्षेत्रका गाउँमा इन्टरनेटको पहुँच बढ्न थालेको छ ।

पछिल्लो समयमा सञ्चारको विकाससँगै राजपुरको दुर्गम सीमावर्ती क्षेत्र भौवानाकाको गाउँमा इन्टरनेटको पहुँच बढ्न थालेको शिवशक्ति माविका प्रधानध्यापक लिलाधर विकले बताए । उनले इन्टरनेटमार्फत लामो समयको अन्तरालमा गर्न सकिने काम आफ्नै विद्यालयबाट भनेको समयमा हुने भएका कारण समुदाय खुसी हुन थालेको बताए । सीमावर्ती क्षेत्रका विभिन्न गाउँमा कसैको आवश्यक कागजात गाउँपालिका पठाउनुपरेमा एक दिनको बाटो हिँडेर जानुपर्नेमा गाउँमै सेवा दिन पाउँदा आफू सन्तुष्ट रहेको प्रधानध्यापक विकले बताए ।

दाङको राजपुर गाउँपालिका भौवानाकामा इन्टरनेट सेवा सञ्चालन भएको छ । अति विकट, दुर्गम मानिने नेपाल भारत सीमावर्ती क्षेत्र भौवानाकामा पहिलोपटक इन्टरनेट सेवा सञ्चालन भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका शिवशक्ति माविमा निःशुल्क वाईफाई जडान गरिएको हो । दाङ जिल्लाका सबै माध्यमिक विद्यालयमा निशुल्क वाईफाई जडान गर्ने कार्यक्रम अन्तर्गत टेक माईन्डस प्रा.ली नारायणगढले निशुल्क वाईफाई जडानको कामलाई अगाडि बढाएको छ । प्रालिले इन्टरनेट सेवा विस्तार गरेपछि भौवानाकामा इन्टरनेट सेवा सहज भएको हो । १६ किलोमिटर दुरीको रुखमामा फाईबर टाँगेर विद्यालयमा निशुल्क वाईफाई सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानध्यापक लिलाधर विकले जानकारी दिए । विद्यालयसम्म विधुत नपुगेकोले बाँके जिल्लाको कुसुम देखि दाङको भौवानाका सम्म १६ किलोमिटर क्षेत्रमा फाईवर तार रुखमा टाँगेर वाईफाई जडान गरिएको प्रधानध्यापक विकले बताए ।

सीमावर्ती क्षेत्रका गाउँमा पछिल्लो समयमा मोबाइलबाट इन्टरनेट सञ्चालन हुन थालेपछि कहाँ के भयो भन्नेबारेमा समयमा जानकारी हुने गरेको शिक्षक अभिभावक संघका अध्यक्ष मंगलसिंह खड्काले बताए । उनका खड्काले भने, ‘इन्टरनेट सेवाले धेरै सहज, छिटो छरितो बनाएको छ । पहिले पहिले सहरमा जाँदा फेसबुकबाट कुराकानी हुन्छ भन्ने सुन्दा आफूलाई अचम्म लाग्थ्यो वास्तविक रुपमा आफैँ फेसबुकमा रमाउन पाउँदा गौरवको महसुश हुने गरेको छ ।’ अहिले सीमावर्ती क्षेत्र गाउँका नाकाबासीहरुले फेसबुकमार्फत विदेशमा रहेका आफन्तसंग सहजै कुरा गर्न पाउनु, कस्तो छ स्वयम् अनुहार हेर्न पाउनु राम्रो भएको अर्का स्थानीय पूर्णबहादुर झाक्रीँले बताए । भारतसंग जोडिएको सीमावर्ती क्षेत्र भौवानकामा अहिले इन्टरनेको पहुँच पुगेकाले नेट प्रयोगकर्ता हृवात्तै बढ्ने सम्भावना रहेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार