खेलकुद मन्त्री अथक गृहजिल्लामा ब्यस्त, विभिन्न खेल संरचनाको अनुगमन

उज्यालो प्रतिनिधि ६ मंसिर २०७८, सोमबार खेल

नेपालगन्ज । तिन दिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक आज काठमाण्डौं फर्किदैं छन । राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यासका लागि बाँके पुगेका मन्त्री अथक विभिन्न कार्यक्रममा ब्यस्त भए । मंसिर ३ गते बेलुका नेपालगन्ज पुगेका मन्त्री अथक ४ गते बिहान नेपालगन्ज म्याराथनमा सहभागी भएको थियो । प्रमुख अतिथिका रुपमा म्याराथनको उद्घाटन गरेपछि मन्त्री अथक केही दुरीसम्म प्रतिस्प्रधिहरुसँगै दौडेको थियो ।

तिन दिने जिल्ला भ्रमणमा क्रममा मन्त्री अथकले आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास गरे । मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेको हो ।

१ अर्ब २२ करोड लागत अनुमान गरीएको उक्त एकेडेमीलाई रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरीने मन्त्री अथकले जानकारी दिए । आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त एकेडेमीको पुर्वाधार निर्माणको काम तत्काल अगाडी बढाउन अथकले निर्देशन समेत दिए ।

इसैबिच आफ्नो निर्वाचन क्षेत्रमा भएका बिभिन्न गतिविधिको अनुगमनकालागि राप्तीपारी तथा नरैनापुर पुगेका मन्त्री अथकलाई स्थानियहरुले भब्य स्वागत गरेका थिए । जिल्लाको तिन दिने बसाईका क्रममा मन्त्री अथकले बिभिन्न खेल संरचनाहरुको अनुगमन गर्नुका साथै राजनितिक कार्यक्रमहरुमा समेत सहभागीता जनाएको छ । उनी आज बेलुका काठमाण्डौं फर्कने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार