६१ वडा मध्ये ताप्लेजुङमा नेकपा माओवादी केन्द्रको ४४ वडामा सम्मलेन सम्पन्न

उज्यालो प्रतिनिधि ४ मंसिर २०७८, शनिबार १ नं. प्रदेश

प्रिशा बस्नेत, ताप्लेजुङ । ताप्लेजुङमा नेकपा माओवादी केन्द्रले ४४ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । ६१ ओटा वडा रहेको ताप्लेजुङमा आज शनिबार ४४ वडाको सम्मेलन सकिएको पार्टी जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री परागले जानकारी दिए ।

उनका अनुसार बाँकी रहेको १७ वटामा मंगलबार सम्ममा वडा सम्मेलन सम्पन्न गरिनेछ । आवश्यक तयारी पूरा भई नसकेकाले उक्त वडाहरुको सम्मेलन बाँकी रहेको उनको भनाई छ । यता वडा सम्मेलन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको जनाएको छ । मङ्सिर ११ मा पालिका अधिवेशन भएकाले त्यो भन्दा अघिनै सकिने बुढाक्षेत्री जानकारि दिए । तयारी अपुग भएका कारण शनिबार सम्मेलन हुन नसकेका वडाहरुमा चाँडै सम्पन्न गरेर तोकिएको समयभित्रै पालिका र जिल्लाको सम्मेलन सम्पन्न गर्ने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार