काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने बताएका छन । नेकपा एकीकृत समाजवादी तनहुँ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहदा ओलीको अहंकारी र दम्भका साथै सत्ता लिप्सा हावी भएका कारण आफुहरुले बिद्रोह गरेको भन्दै अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने बताएका हुन ।
उनले ओली प्रवृतिबाट निराश भए समाजवादीमा प्रवेश गर्नेहरुको संख्या पनि बढेको तर्क गरे । केन्द्र तथा प्रदेशबाट बाहिरिनुपरेको एमाले अव जिल्ला जिल्लामा पनि शुन्यको अवस्थामा पुग्ने उनले बताए । त्यस्तै अध्यक्ष नेपालले असल मान्छे नपाएकाले एमालेले पार्टीको झण्डा गैंडालाई बोकाएको टिप्पणी गरे ।
कार्यक्रममा अध्यक्ष नेपालले बिभिन्न दलबाट आएका कार्यकर्तालाई नेकपा एकीकृत समाजवादी प्रवेश गराएको थियो ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।