शिक्षामन्त्री पौडेलले भने -‘शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्छ’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १४ औं साधारणसभा तथा ७ औं केन्द्रीय अधिवेशनमा मन्त्री पौडेलले प्रविधिको क्षेत्रमा देशले फड्को मार्दै गइरहेकाले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

बालबालिकालाई शिक्षण संस्थाले प्रविधिसँग जोड्दै लैजानुपर्नेमा जोड दिँदै उनले प्रविधिको क्षेत्रमा मन्त्रालय लगानी गर्न तयार रहेको प्रतिवद्धता जनाए ।

बालबालिकालाई सक्षम नागरिक बनाउन सेतो गुराँसले महत्वपूर्ण योगदान गरेको भन्दै मन्त्री पौडेलले दीगो विकासका लक्ष्य हासिल गर्न तथा बालबालिकालाई सक्षम र सबल बनाउन मन्त्रालय सहकार्य गर्न तत्पर रहेको बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार