पृथ्वीको नजिकैबाट तुफानी गतिमा जानेछ क्षुद्रग्रह : नासा

उज्यालो प्रतिनिधि २ मंसिर २०७८, बिहीबार शिक्षा

वासिङ्टन । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा ठूलो क्षुद्रग्रह पृथ्वीको नजिकबाट गुज्रने चेतावनी दिएको छ । यस क्षुद्रग्रहको नाम ३३६१ ओर्फियस हो र यो पृथ्वीको नजिकबाट जाँदा यसको गति लगभग ३० हजार किलोमिटर प्रतिघण्टा हुनेछ । वैज्ञानिकहरुका अनुसार यो खगोलीय चट्टान ९८४ फिट चौडा छ र लण्डनको बिग बेन भन्दा तीन गुणा ठूलो छ ।

क्षुद्रग्रह पृथ्वीबाट गुज्रनेछ
अमेरिकी अन्तरिक्ष एजेन्सीले यसमा नजर राखिरहेको छ र वैज्ञानिकहरूले यो क्षुद्रग्रह २१ नोभेम्बर आइतवार पृथ्वीको नजिकबाट जाने अनुमान गरेका छन् । नासाले यो क्षुद्रग्रह पृथ्वीको नजिक अवश्य आउने बताएको छ तर आत्तिनुपर्ने अवस्था छैन किनभने यो पृथ्वीबाट ३५ लाख माइलको दुरीबाट भएर जानेछ ।

१२० मिलियन माइल भित्रबाट गुज्रिरहेको कुनै पनि चीज पृथ्वीको नजिकको वस्तु हो भनी नासाको विश्वास छ। नासाले पृथ्वी नजिकका यस्ता वस्तुहरूमा नजर राख्छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीको ४ करोड ६० लाख माइलको क्षेत्रफल भित्र आउँदा द्रुत गतिमा चल्ने वस्तुलाई पृथ्वीका लागि खतरा मानेको छ । यी ठूला चट्टानहरूको परिक्रमा मार्गमा अलिकति परिवर्तन भए पृथ्वीसँग ठोक्किने वैज्ञानिकहरूको विश्वास छ। एस्टेरोइड ३३६१ ओर्फियस लगभग ३० हजार किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ आउँदैछ । यो नोभेम्बर २१ मा पृथ्वीको नजिकबाट जाने विश्वास गरिन्छ ।

नासाले पृथ्वीका लागि खतरा बन्न सक्ने दुई हजार यस्ता क्षुद्रग्रहमाथि निगरानी गरिरहेको छ । यदि कुनै उच्च गतिको अन्तरिक्ष वस्तु पृथ्वीबाट ४६.५ मिलियन माइलभन्दा नजिक आउने सम्भावना छ भने त्यसलाई खतरा मानिन्छ। नासाको सेन्ट्री प्रणालीले पहिलेदेखि नै यस्ता खतराहरूको निगरानी गर्छ। हाल पृथ्वीमा ठोक्किने सम्भावना रहेका २२ वटा क्षुद्रग्रह छन् ।

क्षुद्रग्रह भनेको के हो ?

क्षुद्रग्रहहरू चट्टानहरू हुन् जुन सूर्यको वरिपरि ग्रह जस्तै घुम्छन्, तर तिनीहरू आकारमा ग्रहहरू भन्दा धेरै सानो हुन्छन्। करिब ४.५ अर्ब वर्ष पहिले सौर्यमण्डल बनेपछि ग्रहको आकार लिन नसक्ने ग्यास र धुलोका बादलहरू यी चट्टान अर्थात् क्षुद्रग्रहमा परिणत भए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार