सिन्धुपाल्चोक।चुनावी पुर्ब सन्ध्यामा राप्रपा,काग्रेस र एमालेको को उर्वरभुमि मानिने मेलम्ची-४ थकनीका सयौं नेताकार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन्।
नवप्रबेसिलाइ माओवादी केन्द्रमा स्वागत गर्न पुर्ब मन्त्री,बागमती प्रदेश सभा सदस्य एब नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य युवराज दुलाल लगाएत नेकपा (माओवादी केन्द्र)का जिल्ला तहका नेताकार्यकर्ता उक्त स्थानमा पुग्नु भएको थियो।
थकनी-४ को गैरिटोल,पार्टी भञ्ज्याङ् ,थानकुने,ठूलो भञ्ज्याङ्,उर्लेनी,बसेरी,काभ्रे पाल्चेन,धौले लामा टोल,थाना भञ्ज्याङ् लगाएतका स्थानबाट विभिन्न पार्टी परित्याग गरि सय भन्दा बढी नेताकार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका उक्त मेलम्ची नगरपालिका पार्टी समिति अध्यक्ष गोपाल नेपाल”भिम”ले उज्यालो नेटवर्कलाई जानकारी दिए।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पुर्ब मन्त्री दुलालले भन्नू भयो-बिकास र जनसेवामा म कुनै कमि हुन दिन्न।
जनतालाई प्रतिबद्धता गरे अनुकुल “बिकासको बाकस”ल्याउने मेरो उदेश्य र लक्ष्यमा कुनै कमि हुन दिएको छैन।माओवादी केन्द्रलाई बिश्वास गरेर एउटै घरमा समाहित हुनुहुने तमाम कमरेडहरुलाइ उत्साहबर्द्धक हिसाबले नेतृत्व प्रती गर्व गर्ने वातावरण बनाउने छु।






