स्व. प्रकाश दाहाल स्मृती बक्सिङ प्रतियोगिता : स्व. प्रकाश दाहाल जस्तै जुझरु हुनुहोस : मन्त्री अथक

उज्यालो प्रतिनिधि २९ कार्तिक २०७८, सोमबार खेल

काठमाण्डौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज(अथक) ले स्व. प्रकाश दाहाल निडर र जुझारु स्वभावको ब्यक्ति भएको बताएका छन । आफुले निकै नजिकबाट दाहालको जुझारुपन महशुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरुमा पनि त्यस प्रकारको जुझारुपन आवश्यक रहेको बताएका हुन ।

स्व. प्रकाश दाहालको स्मृतीमा आयोजित दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री अथकले दाहालको ब्यक्तित्वबाट आफु निकै प्रभावित भएको उल्लेख गरे । सामाजिक रुपान्तरणको मोर्चा हुँदै सगरमाथाको सफल आरोहणसम्मको चरणमा दाहालले ठुलो सामर्थ देखाएको स्मरण गर्दै मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासमा दाहालको भुमिकाको खुलेर प्रशंसा गरे ।

दाहालको ब्यक्तित्वसँग मिल्ने खालको खेल संचालन गरेको प्रति खुसी ब्यक्त गर्दै मन्त्री अथकले भने, “बक्सिङ बहादुरहरुको खेल हो,स्व. प्रकाश दाहाल पनि निकै बहादुर थिए।”

फरक प्रसंगमा बोल्दै मन्त्री अथकले समग्र खेल क्षेत्रको विकासका लागि आफु चिन्तित रहेको बताए । खेल क्षेत्रको विकासमा अबरोध पुर्याउने छुट कसैलाई नरहेको उल्लेख गर्दै त्यस खालको प्रवृत्तिलाई हाटाउँदै अगाडी बढ्न आफु प्रतिवद्ध रहेको समेत मन्त्री अथकले स्पष्ट परेका छन ।
नेपाल बक्सिङ संघको आयोजनामा सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषदमा आगामी मंसिर ३ गतेसम्म प्रतियोगिता संचालन हुने भएको छ । पाँचदिनसम्म चल्ने उक्त प्रतियोगिताको सोमबार एक औपचारीक कार्यक्रमकाबिच मन्त्री अथकले उद्घाटन गरेको हो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार