बेलारुसले शरणार्थी प्रवाहलाई कम गर्ने उपाय खोज्ने

उज्यालो प्रतिनिधि २९ कार्तिक २०७८, सोमबार विश्व

काठमाडौँ । बेलारुसका विदेश मामिला मन्त्री भ्लादिमिर मेकीले आफ्नो देशले एसिया, अफ्रिका र मध्य पूर्वबाट ईयूमा आउने आप्रवासी प्रवाहलाई कम गर्न प्रयास गर्ने युरोपेली संघ (ईयू) लाई बताएका छन ।

विदेश मामिला र सुरक्षा नीतिका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँगको टेलिफोन वार्तामा उनले उक्त टिप्पणी गरेको बेल्टा समाचार एजेन्सीले जनाएको छ । सो अवसरमा दुबै पक्षले चाँडै नै आप्रवासन सङ्कट अन्त्य गर्ने आफ्नो मनसाय पुष्टि गरेको स्रोतले जानकारी दिएको छ ।
इयुले ले मिन्स्कलाई मध्यपूर्वका गन्तव्यहरूसँग जोड्ने सञ्जालमा नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको छ । आप्रवासीहरू मिन्स्क हुँदै पोल्याण्डको ईयूको पूर्वी सीमानामा आएका थिए।

शरणार्थीहरूको ठूलो समूह सीमामा शरणको खोजीमा फसेपछि पोल्याण्डले केही दिन देखि पोलिश-बेलारुसी सीमामा सेनालाई उच्च सतर्कतामा राखेको छ।

बेलारुस पश्चिमी दबाब र प्रतिबन्धहरूलाई सबैभन्दा कडा उपायका साथ प्रतिक्रिया दिन तयार रहेको मेकीले शुक्रबार रूसी पत्रकारहरूलाई बताएका छन ।

इयुले वर्तमान शरणार्थी सङ्कटका लागि बेलारुसलाई दोष दिँदै यस विरुद्ध प्रतिबन्धका लगाएको छ । यद्यपि बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले प्रतिबन्धले देशको सङ्कट समाधान गर्ने क्षमतालाई कमजोर बनाएको टिप्पणी गरेका छन ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार