तिलिचो ताल घुम्न गएका युवाको लेक लागेर मृत्यु

उज्यालो प्रतिनिधि २९ कार्तिक २०७८, सोमबार समाचार

लमजुङ । हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ ।

रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेको थियो ।

लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएका थिए । तिलिचो ताल (४,९१९ मिटर) भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

मनाङका डीएसपी सुवास खड्काका अनुसार हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारको क्रममा थापाको मृत्यु भएको हो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार