यूएईमा पनि भुकम्पको धक्का महशुस

उज्यालो प्रतिनिधि २८ कार्तिक २०७८, आईतवार विश्व

रमेश खडका काशी,युएई । इरानमा ६ दसमलब १ रेक्टर स्केलको शक्तिशाली भुइँचालो जाँदा नजिकैको देश यूएईमा पनि धक्का महशुस भएको छ । यूएईको रस अल खैमहबाट २ सय किमी टाढा ईरानको बान्दर अब्बास भन्ने स्थानमा उक्त भुइँचालो गएको हो ।

पूर्बी उत्तरी क्षेत्र रस अल खैमह, अज्मान, शारजाह र दुबई लगायतका मानिसहरु भुइँचालोको कम्पनले आत्तिदै घर बाहिर आएका थिए । नखील बजार क्षेत्रमा मानिसहरु धेरै बेर घर बाहिरै बसे ।

यूएई समय ४ बजेर ७ मिनेटको समयमा उक्त भुइँचालो गएको यूएई स्थित रास्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मध्यपूर्बका यूएई, कतार, साउदी लगायत देशका जमिनको बनोट भुइँचालो नजाने खालको रहेको छ । तर पनि कहिलेकहिं साना तिना कम्पनहरु गइरहन्छ । बिशेषगरी ईरानमा गईरहने कम्पनले यूएईलाई पनि हल्लाउने गरेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार