‘एमालेले कारवाही गरेका सांसदका बिषयमा आयोगले निर्णय नगरेसम्म प्रदेशसभा बैठक चल्न सक्दैन’

उज्यालो प्रतिनिधि २८ कार्तिक २०७८, आईतवार लुम्बिनी

लुम्बिनी । लुम्बिनी प्रदेश सभाका एमाले दलका नेता शंकर पोखरेलले प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीका बिषयमा उठेका प्रश्नको निरुपण नभएसम्म संसद चल्न नसक्ने स्पष्ट पारेका छन ।

बुटवलमा आइतबार बसेको प्रदेशसभा बैठकमा उनले एमालेले कारवाही गरेका दुई सांसदका बिषयमा निर्वाचन आयोगले निर्णय नगरेसम्म प्रदेशसभा बैठक चल्न नसक्ने स्पष्ट पारेको हो ।

उनले कानूनको ब्याख्या गर्ने अधिकार प्रदेश सभा र सरकारलाइ नभएको भन्दै सांसदका बिषयमा निर्णय गर्ने अधिकार आयोगलाई रहेको जिकिर गरे । पोखरेलले आफुहरुले उठाएको बिषयलाई प्रदेशसभाले गम्भीर रुपमा नलिएको आरोप पनि लगाए । उनले अहिले प्रदेश सरकारले गरेको बनाएको मन्त्रिपरिषद्मा एमालेका सांसदहरुलाई राखिएको तर्क गरे । प्रदेश सरकार र प्रदेशसभाले पनि कानून बाहिर गएर काम गरेको भन्दै आफुहरुको असन्तुष्टि रहेको उनले बताए ।

सांसद शाहीले आफू स्वतन्त्र राजनीतिक समूहको रहेको र वलीले आफू तत्कालिन नेकपाबाट निर्वाचित भएको र पार्टी विभाजनपछि नेकपा माओवादी केन्द्र रोजेको बताउदै आएका छन । यसअघि पनि एमालेले निरन्तर प्रदेशसभा अवरुद्ध गर्दै आएको छ । प्रदेशसभाको अर्को बैठक सोमबार बोलाइएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार