काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टी विधान संशोधन गरेको छ ।
शुक्रवार सम्पन्न केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश र पालिकामा ७ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ ।
जसअनुसार पदाधिकारीमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, १ सहसचिव र १ कोषाध्यक्ष रहनेछन् ।
साविकको विधानअनुसार पालिका समितिमा ५ पदाधिकारी रहने व्यवस्था थियो ।
कार्यालय सचिव श्रीराम ढकालका अनुसार संशोधित विधानमा ५ सदस्यीय वडा पदाधिकारी रहने व्यवस्था समेत गरिएको छ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।






