विवाह पञ्चमीको तयारी थालियो 

उज्यालो प्रतिनिधि २७ कार्तिक २०७८, शनिबार समाचार

जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि तयारी थालिएको छ । आगामी मङ्सिर १७ गते आयोजना हुने महोत्सवलाई भव्य बनाउनका लागि तयारीमा जुट्न मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले आग्रह गरेका छन । उनले विवाह पञ्चमीमा विभिन्न स्थानबाट पाहुना आउने र यसका लागि उपमहानगरले सरसफाइमा ध्यान नदिएकाले नगरवासीलाई सरसफाइमा लाग्नसमेत आग्रह गरे ।

महोत्सवको तयारीका लागि शुक्रबार जानकी मन्दिरमा सर्वपक्षीय बैठक बसेको थियो । उक्त बैठकले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्था, रङ्गभूमिमा द्वार निर्माण, पण्डाल व्यवस्थापन, यातायात व्यवस्था, ट्राफिक व्यवस्थापन, स्वास्थ्य उपचारलगायत उपसमिति गठन गरेको महन्थ दासले बताए ।

महोत्सवको पहिलो दिन मङ्सिर जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचाँै दिन मटकोर, छैटौँ दिन विवाह पञ्चमी सीता–राम स्वयंवर तथा विवाह महोत्सव र सातौँ दिन रामकलेवा गरी जन्तीको बिदाइ गरेर समापन गरिन्छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार