गायक बुद्ध मोक्तानको ‘मेरो बाबा आमा’ बजारमा (भिडियो)

उज्यालो प्रतिनिधि २६ कार्तिक २०७८, शुक्रबार कला/साहित्य

काठमाडौँ । गायक बुद्ध मोक्तानको ‘मेरो बाबा आमा’ बोलको गीत बजारमा आएको छ । उनले आफ्नै युटुब च्यानल बुद्ध मोक्तान अफिसियल मार्फत उक्त गीत बजारमा ल्याएको हो ।

गायक मोक्तान मकवानपुर जिल्लाको हेटौडा उपमहानगर पालिका –१७, हटियामा बुवा पूर्णबहादुर मोक्तान र आमा विष्णुकुमारी मोक्तानको कोखबाट एउटा मध्यम परिवारमा २०५३ सालमा जन्मिएका हुन । मोक्तान बिगत ५ वर्षदेखि यो क्षेत्रमा संघर्षरत छन । ‘छोडी गइछ्यौ मलाई’ गीतबाट साङ्गीतिक यात्रामा पाइला चालेका उनले सो गीतबाट २०७६ सालको ओएस नेपाल म्यूजिक अवार्डबाट सर्वोकृष्ट नव गायकको अवार्ड पाएका थिए ।

गायक मोक्तानले आफ्नो गीत बारे भने हरेक छोरा छोरिले आमा बुवालाई सम्झन र कदर गर्न सकोस भन्ने उदेश्यले गीत तयार पारेको र यस गीतलाई पनि दर्शक र स्रोताले मन पराउनेमा विस्वस्त छन ।

गीतमा उनै गायक मोक्तानको शब्द र स्वर रहेको छ । संगीतकार एंव एरेन्जर बिष्णु तामाङले संगीत र संगीत संयोजन गरेको उक्त गीतलाई शङ्कर डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो भने कुमार सानु पुनले मिक्सिङ गरेका हुन ।

भिडियोलाई शरण हुमागाइले निर्देशन गरेका हुन भने प्रवेश राइले छायांकन,सम्पादन र कलर गरेका हुन ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार